खबर पूर्वाञ्चल
उक्त सर्भिसेसको उदघाटन युवा नेता उमेश यादबले गरेका छन । करिब २२ लाख लागतमा सर्भिसेस संचालनमा ल्याएको प्रबन्धक निर्देशक प्रसान्त दासले जानकारी दिए । २०२३ बाट अनलाइन कक्षबाट सुरु भएको थियो । अहिले विराटनगर १० मा अत्याधुनिक भवनबाट नेक्सन लर्निङ एण्ड कन्सलटिङ सर्भिसेसले कक्षाहरु सुरु गरेको प्रबन्धक निर्देशक दासले जानकारी दिए ।
सर्भिसेसले विशेष गरि विद्यार्थीहरु भारत अध्ययन गराउन पठाउने गरेको छ । भारतको चर्चित विश्व विद्यालयमा विद्यार्थी पठाउने गरेको छ । भारत बाहेक अष्ट्रलिया, क्यानडा, अमेरिकापनि पठाउने गरिएको छ । अहिले ७ सय विद्यार्थीले अनलाइन कक्षा लिदै आएका छन् । । नेपाली विद्यार्थीले ७० देखि शतप्रतिशतसम्म छात्रवृत्ति पाउने गरेका छन् ।
तपाईको प्रतिक्रिया