AArya
RUMPUM
animated ellipse animated ellipse

खैरो हिरोइनसहित भारतीय नागरिक विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ असार २०८२, आईतवार १७:१५
180
Shares
विराटनगर / विराटनगर–१४ स्थित मलाया रोडबाट प्रहरीले खैरो हिरोइनसहित दुई युवालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये एक जना भारतीय नागरिकसमेत रहेका छन्।

प्रहरीको विशेष निगरानी टोलीले लागूपदार्थ कारोबारमा संलग्न हुनसक्ने आशंकामा चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय (इप्रका) रानी र लागूपदार्थ अपराध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रूपमा परिचालित टोलीले मंगलबार साँझ ६ बजे सो क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

संयुक्त टोलीको कमाण्ड प्रहरी प्रमोद सिंहले गरेका थिए। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१२ बस्ने २३ वर्षीय रोशनलाल महतो र भारत बिहार राज्य, अररिया जिल्लाको फुल्का थाना वडा नं. २ का २१ वर्षीय पवनकुमार यादव रहेका छन्।

प्रहरीका अनुसार दुवै जना को ३० प ४१० नम्बरको मोटरसाइकलमा मलाया रोडको सडक किनारमा अडिएर गफ गरिरहेका थिए। संका लागि चेकजाँच गर्दा रोशनलाल महत्तोको साथबाट लागूपदार्थ (खैरो हिरोइन) जस्तो देखिने पदार्थ १७४.३१ ग्राम बरामद भएको हो।

दुवै जनालाई लागूपदार्थसहित मोटरसाइकलसमेत नियन्त्रणमा लिई ईप्रका रानीमा ल्याएर आवश्यक अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन्।

घटनास्थल ईप्रका रानीबाट करिब ३ किलोमिटर उत्तर पर्छ। यसबारे थप विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।

लागूपदार्थको ओसारपसार र प्रयोग विरुद्धको अभियानलाई प्रभावकारी बनाउन प्रहरीले निगरानी र गस्तीलाई अझ कडा बनाएको जनाएको छ। पक्राउ परेकामाथि लागूपदार्थ सम्बन्धी कसूरअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर