AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा साइकिल थन प्रतियोगिता हुने, विजेतालाई ३० हजार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० चैत्र २०७९, सोमबार १७:३७
621
Shares
विराटनगर / चौथो संस्करणको साइकिल थन प्रतियोगिता विराटनगरमा हुने भएको छ । रोटरी क्लब अफ विराटनगर फ्यिुजनको आयोजनामा विराटनगरमा साइकिल थन प्रतियोगिता हुने भएको हो ।

आयोजक संस्थाले विराटनगरमा आज पत्रकार सम्मेलन गरी चैत २५ गते हुने जानकारी गराएको छ । करिब २० किलोमिटरको दुरीमा साइकिल थन प्रतियोगिता हुने रोटरी क्लब अफ विराटनगर फ्यिुजनका अध्यक्ष स्वेता तोदीले जानकारी दिइन् । प्रतियोगिता पुरुष र महिलाको लागि छुट्टा छुट्टै भाग लिन पाउनेछन् । पुरुष गेयर साइकिल, पुरुष नन कियर साइकल र महिलाको लागि पनि छुटा छुट्टै रुपमा प्रतियोगितामा भाग लिनसक्नेछन् ।

तीन वटै विधामा सहभागि भइ प्रथम हुनेले जनही ३०–३० हजार रुपैयाँ पाउनेछन् । द्धितीय हुनेले १५ र तृतीय हुनेले १० हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा सहभागि हुनेलाई १ हजार रुपैयाँ शुल्क तोकिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर