खबर पूर्वाञ्चल
मोरंगमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, कटहरी र उर्लाबारीमा २–२ र धनपालथान र लेटाङमा १–१, सुनसरीको इनरुवामा ६, इटहरीमा ४, बराहक्षेत्र, हरिनगर, दुहवी, रामधुनी र धरानमा १–१, झापाको दमकमा ४, भद्रपुरमा १, संखुवासभाको खाँदबारीमा ३ र स्थानीय तह नखुलेको १, धनकुटाको चौवीसे, खोटाङको खोटेहाङ, इलामको इलाम, पाँचथरको मिक्लाजुङ र ताप्लेजुङको फुङलिङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ४ सय ४४ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् । १ हजार १० जना सक्रिय संक्रमित छन् ।
प्रदेश १ मा आज ४ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया