खबर पूर्वाञ्चल
कक्षा ९ द्वारा कक्षा १० का विद्यार्थीहरूलाई विदाई कार्यक्रम गरिएको थियो। कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले सम्पूर्ण विद्यार्थीहरूलाई आगामी दिनको शुभकामना व्यक्त गर्दै मायाको चिनो प्रदान गरे।
उक्त अवसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुती गरिएको थियो । विद्यार्थीहरूलाई शुभकामना तथा आगामी दिनका चुनौती र त्यसका लागि विद्यालयबाट हुनसक्ने सहयोग निरन्तर जारी रहने विद्यालयका सेकेण्डरी हेड विपिन यादवले जानकारी दिए।
त्यसैगरी हाँस्दै खेल्दै गरेका आफ्ना दाजु दिदीहरूको विदाईले नराम्रो लागेता पनि पढाइका क्रममा उच्च शिक्षाका लागि विद्यालय छाडी गए पनि सम्झना र माया सदैव रहने कक्षा नौ कि छात्रा रोशनी साहले बताइन्। कक्षा १० को तर्फबाट थापा र हेमन्त यादवले आफ्ना अनुभव र आफ्ना मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमको समापन गरेका थिए।