RUMPUM
animated ellipse animated ellipse

गठबन्धन सरकारले साम्प्रदायिकतालाई बढवा दियो : अध्यक्ष ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ मंसिर २०८०, मंगलवार १९:४२
81
Shares
विराटनगर / नेकपा एमालेका अध्यक्ष कोशी केपी शर्मा ओलीले गठबन्धन सरकारले साम्प्रदायिकतालाई बढवा दिइरहेको बताएका छन् ।

ओखलढुङ्गाको हर्कपुरमा भएको सभालाई सम्बोधन गर्दै उनले भने “साम्प्रदायिकताको जगमा उठेको वर्तमान सरकारले साम्प्रदायिकताका पक्षहरुलाई भित्र भित्रै बढाबा दिएर चलिरहेको छ ।” पुष्पलाल मध्यपछाडि लोक मार्ग केन्द्रित झुलाघाट चिवा भञ्ज्यांग समृद्धिका लागि संकल्प यात्राका क्रममा भएको सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले सरकारले विकाश ठप्प पारेर निराशा फैलाउने काम मात्रै गरेको बताए ।

अध्यक्ष ओलीले एमालेले मात्रै शान्ति सुव्यवस्था कायम गर्न सक्ने बताए । एमाले सरकारमा गएको बेला व्यवहार र इतिहासले प्रमाणित गरेको दाबी गर्दै एमालेले मात्रै देशमा समृद्धि ल्याउने बताए । उनले एमाले साँढे तीन वर्ष सरकारमा हुँदा एयरपोर्ट, बाटो घाटो निर्माण, खानेपानीको व्यवस्था र कृषिको विकासमा एमालेले काम गरेको स्मरण समेत गराए ।

अध्यक्ष ओलीले मिसन २०८४ एमालेका लागि मात्र नभइ देशको समृद्धि र विकासका लागि चाहिएको बताए । कोशी प्रदेशको पहिलो सभा हर्कपुरमा हजारौको सहभागिता देखिन्थ्यो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडका समस्या पहिचान र समाधानका उपायका विषयमा स्थानीयबासिन्दाहरुसँग प्रत्यक्ष संवाद गर्न एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी यात्रा सुरु गरेको हो । बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर पुष १ गते समापन हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर