RUMPUM
animated ellipse animated ellipse

ठूलो परिमाणमा लागुऔषधसहित ७ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ असार २०७७, शुक्रबार १९:५३
3
Shares
सुनसरी / ठूलो परिमाणमा लागुऔषध सहित ७ जना सुनसरीबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी कटान एरियाबाट उनीहरुलाइृ सुनसरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका ४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका ६ श्रीपुरका सुनिलकुमार मुखिया सोही स्थानका सुनिलकुमार यादव ,कोशी गाउँपालिका ६ कै विरेन्द्र मरवैता यादव, वराहाक्षेत्र १ चतराका राजु शर्मा, वराहाक्षेत्र ९ प्रकाशपुरका खेमप्रसाद लुईटेल र भारत सपौल ग्राम पंचायत विरपुरका शिवु भनिने राकेशकुमार मण्डल रहेका छन् ।

को १० प ९३३२ नम्बरको मोटरसाईकलमा आएका सुनिलकुमार मुखीयालाई नियन्त्रणमा लिइसंगै थप अनुसन्धान गर्ने क्रममा अन्य ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरुको साथबाट ३२६ बोतल डाईलेक्स डिसी, स्पास्मोपोक्सिवन १८७२ क्याप्सुल र अर्को १ थान मोटरसाईकल समेत फेला पारी बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर