animated ellipse animated ellipse

भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण आफू नेतृत्वको सरकार ढलेको हो : अध्यक्ष प्रचण्ड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०८१, आईतवार १२:०१
72
Shares
विराटनगर / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टी सरकार बनाउने खेलमा नलाग्ने स्पष्ट पारेका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेको प्रचण्डले माओवादी केन्द्र अहिले सरकार बनाउने खेलमा नलाग्ने स्पष्ट पारेका हुन् ।

‘हामी अहिले सरकार हैन, पार्टी बनाउनेमा केन्द्रित भएका छौं,’ प्रचण्डले भने, ‘हामीले देशभरि प्रदेश–प्रदेशमा गएर परामर्श बैठक गरेका छौं ।’ पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिएको भन्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई धन्यवाद भनिसकेको पनि बताए । ‘उहाँहरुले पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिनु भयो । पार्टी बनाउनेतिर लाग्छौं । सरकार बनाउनेतिर ध्यान छैन,’ प्रचण्डले भने । उनले कांग्रेससँग मिलेर माओवादीले सरकार बनाउने हल्ला गलत भएको उल्लेख गरे ।

भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण आफू नेतृत्वको सरकारलाई टिक्न नदिएको उनको भनाइ छ । ‘कांग्रेस र एमाले जुन मान्यतामा आधारित भएर अघि बढे । त्यसमा हाम्रो एजेन्डा मिल्ने कुरै भएन,’ उनी भन्छन्, ‘एजेन्डामा मिलेर जान चाहेको भए त हामी तयार नै थियौं । तर, हामीले भ्रष्टाचार विरोधी अभियान चलाउँदै गर्दा त्यसबाट बच्ने र भ्रष्टाचारीलाई जोगाउने काम भएकोमा हाम्रो आपति हो ।’

अध्यक्ष प्रचण्डले समानुपातिक र समावेशी उत्पीडित वर्ग समुदायले पाएको प्रमुख अधिकार भएको बताए । ‘त्यो अधिकारलाई कुनै तरिकाले कमजोर पार्ने काम सह्य हुँदैन,’ उनी भन्छन्, ‘मैले नेपाली जनताको जीवनमा परिवर्तन ल्याउनकै लागि त्यत्रो विद्रोह र आन्दोलनको नेतृत्व गरेको हुँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले झुट, बेइमानी, अनैतिकता र जालझेलको तरिका अपनाउने गरेको अध्यक्ष प्रचण्डको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर