सहकारीको विराटनगरमा आज भएको २६ औं वार्षिक साधरणसभामा सहकारी अध्यक्ष मोहनप्रसाद भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३३ करोड १४ लाख ९ हजार ८ सय ७ रुपैयाँ कारोबार गरेको संस्थाले २ करोड २९ लाख ६६ हजार ५६ रुपैयाँ खर्च गरेको छ । सहकारीको २ करोड २८ लाख ६४ हजार १ सय रुपैयाँ शेयरपूँजी रहेको छ भने निक्षेप १० करोड ५३ लाख ८८ हजार ५ सय ९७ रुपैयाँ रहेको छ ।
सहकारीमा ९ सय २७ महिला र ८ सय १९ पुरुष गरी जम्मा १ हजार ७ सय ४६ जना शेयर सदस्यीय रहेका छन् ।
वार्षिक साधरण सभाको प्रमुख अतिथि रहेका राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार रमेशप्रसाद पोखरेलले मुलुकको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । छरिएर रहेको पूजीलाई एकीकृत गर्दै आर्थिक विकासमा सहकारीको उल्लेखिनिय भूमिका रहेको बताए । उनका अनुसार मुलुकभर २४ हजार सहकारीमा ७४ लाख मानिस आवद्ध भएको जानकारी गराए । आवद्ध भएका मध्ये ३९ प्रतिशत सहकारीमा महिला आवद्ध छन् । सहकारीमा मार्फत १२ खर्बको कारोबार हुने गरेको उनले बताए ।
सोही अवसरमा सहकारीले चार जनालाई सम्मान गरेको छ । अशल बचतकर्ता चन्द्रमणी ढकाल, शोभादेवी भगतलाई सम्मान गरेको थियो । यस्तै असल ऋणीहरुमा शकुन्तला देवी सरदार र सिताराम महत्तोलाई सहकारीले सम्मान गरेको थियो । सम्मानित हुने सहकारीका सदस्यीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।
सहकारीका अध्यक्ष भट्टराईको सभापतिवमा भएको कार्यक्रमको संचालन सहकारीका सचिव नारायणप्रसाद धमलाले गरेका थिए ।
तपाईको प्रतिक्रिया