खबर पूर्वाञ्चल
शिसु सेवा समितिको ३७ औं बार्षिकोत्सवको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा पत्रकार महासंघ मोरङकी उपाध्यक्ष सुशीला पाठकलाई शिसु सेवा पत्रकारीता पुरस्कारबाट सम्मान गरेको हो । राष्ट्रिय बाल साहित्य पुरस्कारबाट साहित्यकार प्रमोद प्रधान, शान्ता उत्कृष्ट बाल प्रतिभा पुरस्कारबाट बाल कलाकार प्रितम आचार्य सम्मानित भएका छन् । यस्तै तिर्थ स्मृत्ती रानु संगित पुरस्कारबाट संगितज्ञ सुधिर शाही सम्मानित भए ।
उनीहरुलाई विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले माला, सम्मानपत्र र नगद राशीले सम्मान गरीन् । पुरस्कारको राशी जनही ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । विराटनगरमा बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको शिसु सेवा समितिले आफ्नो बार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।
यस्तै नेपाल निजामती कर्मचारी संगठन मोरङले पनि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ । आजै विराटनगरमा आयोजित सम्मान कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदना गरेबापत पत्रकार शुसिला पाठक, स्वास्थ्य क्षेत्र बाट मेनुका भण्डारी सम्मानित भए । यस्तै सामाजिक तथा शैक्षिक क्षेत्रबाट रीता न्यौपाने, राजनीतिक क्षेत्रबाट उषा झा र हिंसामा परेका महिलाको पुनस्थापनाका लागि महत्वपूर्ण योगदान पु¥याए बापत विष्णु शर्मा पन्तलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरूलाई आन्तरिक मामिला तथा कानुन र सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले सम्मानपत्रले सम्मान गरे ।