खबर पूर्वाञ्चल
बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।
विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
मतदाताबीच भगदौड मच्चिएपछि केहीबेरका लागि मतदान स्थगित भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । पुनः मतदान सुरु गर्ने तयारी भईरहेको उनले बताए । उनले भने,‘मतदान केन्द्रभित्र कसले पटका लग्यो र पड्कायो भन्ने बारेमा यकिन हुन बाँकी रहेको छ ।’