पूर्वाञ्चल खबर
निषेधाज्ञा उलंघन गरेर सडकमा सवारी साधन कुदाउने सवारी साधन प्रहरीले आज नियन्त्रणमा लिएको हो । निषेधाज्ञाको उलंघन गरि विभिन्न स्थानमा लुकिछिपी अवैध रूपमा मानिसहरू ओसारपसार गर्ने २ पाङ्ग्रे, ३ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए । प्रशासनको अनुमति नलिई चलाएका १ सय ५५ वटा मोटरसाईकल १ सय ७ वटा सिटी सफारी, ३४ वटा अटो, ६ वटा ट्याक्टर, ३ वटा म्याजिक र माईक्रो १ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यता सिटी सफारी चालकहरुले सिटी सफारीको किस्ता तिर्न समस्या हुने भएकोले सवारी चलाउँदा प्रहरी नियन्त्रणमा लिएको बताएका छन् । आफुहरु यात्रुहरुलाई ओसार पसार भन्दा पनि घरायसी सामान खरिद गर्न जाने क्रममा प्रहरीले सिटी रिक्शा नियन्त्रणमा लिएको सिटी सवारी चालक करिम अंसारीले बताए ।