RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ३ जना कोरोना संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० मंसिर २०७७, बुधबार १०:५२
432
Shares
विराटनगर / पछिल्लो १२ घण्टामा प्रदेश १ मा ३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना र सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

नोबेल अस्पतालमा उपचारका क्रममा हिजो राति एक महिला र एक पुरुषको मृत्यु भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषकोे हिजो राति ११ः४० बजेतिर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि हिजो दिउँसो अस्पताल भर्ना गरिएका उनमा सोही दिन कोरोना संक्रमण देखिएको थियो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि राति ९ः१५ बजे मृत्यु भएको छ । महिलालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।

महिलामा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेको उनले बताए । अस्पतालले दुवै मृतकमा कुनै दीर्घ रोग भए नभएको बारेमा केही पनि खुलाएको छैन ।

उता सनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस संक्रमित सप्तरीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । सप्तरीको राजविराज ४ का ५० वर्षीय पुरुषको हिजो राति १२ः१५ बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मंसिर १ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठान भर्ना गरिएको थियो । मृतकमा कलेजोको पुरानै समस्या रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर