AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रेफ्रिकोे सर्पोट पाएको चर्च ब्वाइजलाई पराजित गर्दै घरेलु टोली सम्राट उपाधि नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ बैशाख २०८३, बिहीबार २१:४१
576
Shares
चर्चका खेलाडी(सेतौ जर्सी)ले लगेका बल खोस्दै सम्राटका खलाडी(निलो जर्सी) । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / रेफ्रिकोे सर्पोट पाएको चर्च ब्वाइजलाई पराजित गर्दै घरेलु टोली सम्राट स्पोर्टिङ क्लब ३८ औ संस्करणको विराट गोल्डकपको उपाधि नजिक पुगेको छ ।

सम्राटले उपाधिकालागि शनिबार झापा–११ सँग प्रतिस्पर्धा गर्ने छ । सहिद मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सम्राटले उपाधि भिडन्त पक्का गरेको हो । चर्चलाई रेफ्रि श्याम दनुवारले पनि साथ दिएका थिए । दोस्रो हाफको सम्राटका आदित्य शाक्यले डि बक्स भित्रबाट दिएको क्रस पासलाई सौरभ तामाङले गरेको प्रहारलाई चर्चका गोलकिपरले गोल पोष्ट भित्रबाट बललाई बचाएको बल गोल भएको थियो तर मुख्य रेफि दनुवारले गोल दिएन् ।

पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाएको सम्राटले डेब्युमै फाइनल पुग्ने सफलता हात पारेको छ ।

सम्राटको जितमा सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले १–१ गोल गरे । खेलको प्यलेर अफ द म्याच सम्राटका सुरुवाती खोल गर्ने सौरभ तामाङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

खेलको ५० औँ मिनेटमा सौरभ तामाङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटको खेल सकिएपछि थपिएको ७ मिनेटको इन्जुरी समयमा सम्राटले थप दुई गोल गर्दै जित सुनिश्चित ग¥यो । इन्जुरी समयको चौथो मिनेटमा आदित्य शाक्यले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेट बित्न नपाउँदै इन्जुरी समयको छैटौँ मिनेटमा विवेक राईले गोल गरेपछि सम्राट ३–० ले विजयी भयो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । घरेलु दर्शकको भरपुर साथ पाएको सम्राटले सुरुदेखि नै आक्रामक रणनीतिका साथ मैदान उत्रिए पनि पहिलो हाफमा केही सुन्दर अवसरहरू चुकाएको थियो । खेलको २९ औँ मिनेटमा आदित्य शाक्यको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो भने ३२ औँ मिनेटमा आशिष चौधरीले डिबक्स भित्रबाट गरेको कडा प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

दोस्रो हाफको सुरुवातमै गोल खाएपछि दबाबमा परेको चर्च ब्वाइजले गोल फर्काउने केही प्रयास गरे पनि सफल हुन सकेन । चर्च ब्वाइजका स्ट्राइकर समीर तामाङ फिनिसिङमा पटक–पटक चुकेका थिए । ६७ औँ मिनेटमा समीरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो भने ७२ औँ मिनेटमा सृजन गौतमको प्रहारले पनि सही दिशा लिन सकेन । अन्ततः गोलका अवसरहरू सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो ।

यसअघि सम्राटले क्वाटरफाइनलमा भारतको विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले पराजित गरेको थियो । अर्कोतर्फ, झापा–११ ले नेपाल पुलिस र त्रिभुवन आर्मीलाई पाखा लगाउँदै फाइनल पुगिसकेको छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर