जहदा कपको उपाधि सिर्सियालाई

खबर पूर्वाञ्चल, २९ कार्तिक २०७८, सोमबार १९:२०

विराटनगर / प्रथम जहदा फुटबल कपको उपाधि सिर्सिया फुटबल क्लबले जितेको छ । मोरङ जहदा गाउँपालिका – ३ जयपुरमा सोमबार सम्पन्न भएको प्रतियोगितामा झोराहाट युवा क्लबलाई ०–३ गोलले पराजित गरि सिर्सिया फुटबल क्बबले उपाधि जितेको हो ।

उपाधिसँगै सिर्सिया फुटबल क्बलले नगद ३० हजार रुपैयाँ प्राप्त ग¥यो । उपबिजेता बनेको झोराहाट युवा क्लबले नगद २० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा सिर्सिया फुटबल क्लबका अरुण सोरेनले दुई गोल र गोपाल मरण्डीले एक गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच अरुण सोरेन घोषित भए ।

प्रतियोगितामा धनपालथान, कटहरी, ग्रामथान, जहदा, लगायतका १६ वटा टिम सहभागी रहेको थियो । बिजयी हुने खेलाडीहरूलाई जहदा गाउँपालिका ३ का वडाअध्यक्ष अनिल कुमार ठाकुरले बिजेता हुने टिमहरूलाई ट्रफि तथा प्रमाणपत्र बितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५