खबर पूर्वाञ्चल
अध्यक्ष ओलीले आज बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा बाल्दै सो आरोप लगाएका हुन् । उनले नेपालबारे आफ्नो कुनै टिप्पणी समेत नरहेको बताए ।
‘माधव नेपालहरूको बारेमा केही भन्नु छैन । पुष्पकमल दाहालसँग मिलेर यो पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउन लागे’, बैठकमा ओलीले भने, ‘साथीहरू माधवजीलाई केही नभन भन्नुहुन्छ । म भन्न पनि चाहन्न धेरै साथीहरूले कुरा बुझिसके सबै फर्कनुहुन्छ । छिटो छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु ।’ अब पार्टीभित्र गुट र समानान्तर गतिविधि भइरहने अवस्था अन्त्य हुने पनि ओलीले जिकिर गरे ।
अध्यक्ष ओलीले आफूहरूले अब सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने समेत बताएका छन् । ओलीले सशक्त प्रतिपक्षीसँग कोही सिँगौरी खेल्न आए उनीहरूको सिङ नै भाँचिदिने चेतावनी दिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका अदालतको परमादेशबाट बनेको आफ्नो तर्क दोर्होयाउँदै उनले एक महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै व्यंग्य गरे ।
‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरू, ओली याद आउने सबै चिजहरू,’ ओलीले बैठकमा भने ।
अध्यक्ष ओलीले अहिलेको सरकार एमसिसी प्रष्ट नभएको त्यो संशोधनसहित पारित हुनुपर्ने बताए । ‘एमसिसीबारे किन बोल्न नसकेको, तपाईंहरूकै पालामा सम्झौता गरेको होइन ? १ सय ६५ को किर्तिमान मतले विश्वासको मत लिएकै छ त पास गर्नु नि किन हामीलाई दोष ? हामी त स्पष्ट छौं । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र वुद्धिजीवी र विज्ञहरूले दिएको सुझावका आधारमा जनताको भावनाअनुसार संशोधनसहित पास हुनु पर्दछ भन्ने हाम्रो मान्यता हो,’ उनले भने ।
तपाईको प्रतिक्रिया