खबर पूर्वाञ्चल
कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका छात्र–छात्राहरुले राष्ट्रिय टोपी, कसैले भादगाउँले त कसैले पाल्पाली टोेपी लगाएका थिए । “हाम्रो नेपाली टोपी ः मेरो गौरव, मेरो पहिचान, मेरो शान” भन्ने कुरालाई अवगत गराउँदै ढाका टोपी लिवस सम्पन्न गरिएको छ । कार्यक्रममा स–साना नानीहरु देखि ठुला कक्षा सम्मका विद्यार्थीहरुले नेपाली टोपीका महत्व झल्काउने गीतहरुमा नृत्य प्रदर्शन, र ढाका टोपीको महत्व झल्काउने नाटक प्रदर्शन गरिएको थियोे ।
राष्ट्रिय टोपी तथा राष्ट्रिय पोशाकमा सझिएका विद्यार्थीहरुको विद्यालय परिसरबाट शुरु गरेको मार्चपास तिनपैनी, पानीटंकी, दुर्गाचौक र बजारमार्ग हुदै पुनः विद्यालय परिसरमा आएर समापन गरिएको थियो । कार्यक्रमलाई झन उच्च महिमा बनाउन सम्पूर्ण शिक्षकहरुले समेत राष्ट्रिय टोपीका साथै अधिकांशले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएर यस दिवशलाई थप रोचक बनाएका थिए ।