AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाली विद्यार्थीलाई न्याय माग्दै जोगवनी नाकामा अखिल विराटनगरको श्रद्धाञ्जली सभा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०८१, बिहीबार १८:२७
144
Shares
विराटनगर / भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको घटनामा न्याय माग गर्दै आज साँझ विराटनगरस्थित रानी नाकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विराटनगर महानगर कमिटीले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

रानी नाकामा अनेरास्ववियु विराटनगर महानगर कमिटीले मैनबत्ती बालेर प्लेकार्ड प्रदर्शन गर्दै न्यायको माग गरेको हो।

अनेरास्ववियु महानगर कमिटी कोषाध्यक्ष क्रिष्टिना बस्नेतले अनेरास्ववियुले प्रकृति लम्सालको आत्माको चिरशान्तिको कामना गर्दै घटनामा दोषीले कठोर कानुनी सजाय दिलाउन सरकारले कुटनीतिक कदम चाल्नु पर्ने बताइन्। बस्नेतले लम्साललाई न्यायसँगै भारतमा रहेका अन्य नेपाल विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गरेको व्यवहारलाई ध्यानमा राखेर दोषीलाई कारबाही गर्न समेत पहल लिनुपर्ने बताइन्।

लम्सालको न्यायको निम्ति देशैभरि विद्यार्थी संगठनहरु प्रदर्शन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर