मोदी मोरङ ४ मा सर्वसम्मतले सिफारिस

खबर पूर्वाञ्चल, १९ भाद्र २०७९, आईतवार १९:१९
378
Shares
विराटनगर / मोरङको क्षेत्र नम्बर चारमा प्रतिनिधि सभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ माओबादी केन्द्रले अमनलाल मोदीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

आज बसेको निर्वाचन क्षेत्रिय समितिको बैठकले ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनकालागि सर्वसम्मत रुपले एकल रुपमा उम्मेदवार सिफारिस गरेको हो ।

बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ भोगेन्द्र यादव , धर्मलाल माझी , सुनिता सरदार , डोल्मा राजबंशी र सोभित चौधरीको नाम सिफारिस गरेको छ ।

यसैगरि सोही क्षेत्रको प्रदेश सभाको क मा प्रत्यक्षतर्फ बिजय विश्वास थारु , पप्पुलाल चौधरी र मनोज राईको नाम सिफारिस गरेको छ । यहाँ समामानुपातिकतर्फ केवल राय , सुर्यनारायण मुडियारी , ध्यानबहादुर वन , उमालाल मण्डल खवास , कुसन सरदार र झलक भगत सिपारिस भएका छन ।

यस्तै मोरङ ४ ख बाट प्रदेश सभामा प्रत्यक्षतर्फ हरिप्रसाद घिमिरे , ताजिम अन्सारी , किशोरकुमार पाण्डे र देव राजवंशी सिफारिस भएका छन । समानुपातिकतर्फ यो क्षेत्रबाट सावित्रा अछामी , अन्जना पोखरेल , सावित्रा गौतम , मनकुमारी गिरी गुरागाँई , बिन्दि मिश्र, ज्ञानबहादुर कार्की , आमो पौडेले , अशोक शर्मा , तुलसी आपागाँगई , पन्चु चौधरी , सरस्वती ओझा र ईन्द्रकला भट्टराई सिफारिस भएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५