RUMPUM
animated ellipse animated ellipse

मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता शुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ माघ २०८०, बुधबार १८:३६
2.66k
Shares
विराटनगर / मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता बुधबारदेखि विराटनगरमा शुरु भएको छ ।

विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा एलाइट क्लब र पथरी शनिश्चरे क्रिकेट क्लव विजयी भएको छ ।

पहिलो खेलमा एलाइट क्लव विराटनगरले वन टु हेल्थ सोसाइटी रंगेलीलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३१ रन बनाएको थियो । जस्मा रिसी महेश्वरीले ४१ रन बनाउँदा नवनित कर्णले २१ रन बनाए । रंगेलीको अक्बर आलमले २ विकेट लिए ।

१ सय ३२ रनबो विजयी लक्ष पछ्याएको रंगेलीले १८ दशमल ४ बलमा सवै विकेट गुमाई १ सय ११ रन बनायो । जस्मा अमन शेखले ६५ रनबो योगदान दिए । विराटनगरका म्यान अफ द म्याच नवनित कर्णले ३ विकेट तथा श्रवण कामत र रुद्र साहले २–२ विकेट लिए ।

दोस्रो खेलमा पथरी शनिश्चरे क्रिकेट क्बलले डाइनामिक क्रिकेड एकाडेमी विराटनगरलाई ९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पथरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच एन्जल राईले सर्वाधिक ४२ रन बनाए । विराटनगरका विवेक झाले ३ विकेट लिँदा शशिशेखर झले पनि ३ विकेट लिए ।

१ सय १ रनको विजयी लक्ष पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाई ९१ रन बनायो । जस्मा रोशन कामतले सर्वाधिक २३ रनको योगदान दिए । पथरीका सागर कटुवाल, निल्सन डंगोल र रोशन गजरातले २–२ विकेट लिए ।

माघ २४ गतेसम्म हुने प्रतियोगिता मोरङका १६ वटा वि डिभिजन क्लबहरु सहभागि रहेको जिल्ला अध्यक्ष महमद बाबुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर