अन्तराष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

खबर पूर्वाञ्चल, २१ फाल्गुन २०७७, शुक्रबार १८:५७

विराटनगर / १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ ।

कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन् । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले कोभिड अस्पताल, ल्यावमा कार्यरत कर्मचारीहरुलाई सम्मानित गरिने बताइन् ।

सामाजिक विकास मन्त्रालय र सामाजिक संघ÷संस्थाहरुको आयोजनामा दिवस मनाईने उनले बताइन् । उनका अनुसार फागुन २४ गते विहान जिल्ला प्रशासन प्राङ्गणबाट विहान ७ वजे शुरु हुने ¥याली आदर्श माविमा आएर कार्यक्रममा परिणत हुने छ । साँझ विराटनगर ट्राफिक चौकमा दिपप्रज्वलन गरि कार्यक्रम समापन गरिने सामाजिक विकास महाशाखा प्रमुख बरालले बताउनुभयो ।

१११ औं अन्तराष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने महिला दिवस महिलाको सुरक्षा, सम्मान रोजगार समृद्ध नेपालको आधार भन्ने नाराका साथ ८ मार्च अर्थात फागुन २४ गते मनाईदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५