खबर पूर्वाञ्चल
विश्वको आधा आकाश ढाकेका महिलाहरूमा भएको क्षमता उजागर गर्न र खास गरी विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्न विराटनगरका ब्याचलर तहका छात्राहरु मात्र सामेल गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा मेरील्याण्ड कलेजका विविएस तेस्रो वर्षका छात्रहरू सुमन झाखड, द्रक्षा प्रविन र भारती मण्डलको ग्रुपले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । उनीहरुले प्रथम पुरस्कार नगद २५ हजार, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका थिए ।
नेपालमै नयाँ कन्सेप्ट समाज र परिवार जागिर र व्यवसायमा व्यस्त हुँदा घरकाज गर्न घरायसी महिला कामदारको आवश्यकता हुने हुँदा सो आवश्यकता पूरा गर्न उक्त कम्पनीको अवधारणा ल्याएको प्रस्तुतकर्ता द्रक्षा प्रोविनले बताइन् । विराटनगरका ब्याचलर पढाउने एक दर्जनभन्दा बढी कलेजका विद्यार्थीहरूले दिएको प्रेजेन्टेसनमा मेरील्याण्ड कलेजका विद्यार्थीहरूले दमदार प्रस्तुति दिएर प्रथम पुरस्कार हासिल गरेका थिए ।
कार्यक्रममा प्यानल अफ महिला निणार्यकहरु अङ्किता गिरी (डाइरेक्टर मुक्तना चकलेट फ्याक्ट्री), रतीम प्याकुरेल (डाइरेक्टर अर्किड सेलुन एण्ड एकेडेमी), विनिशा कटेल (तनिष बुटिक) र दिना श्रेष्ठ (डाइरेक्टर, भ्यालेन्टाइन्स बेकरी क्याफे) रहेका थिए । मेरील्याण्ड कलेजले आन्तरिक रुपमै पनि विद्यार्थीहरु वीच विभीन्न प्रतियोगिता समय–समयमै गराए पनि विद्यार्थीहरु सक्षम हुन सकेका हुन प्रिन्सिपल लक्ष्मण ढकालले बतए । मेरील्याण्ड व्यवस्थापन शिक्षामा अब्बल शैक्षिक संस्था रहँदै आएको छ । स्मरण रहोस् मेरील्याण्डले आउँदो शैक्षिक सत्रदेखि विज्ञान संकाय पनि सञ्चालन गर्ने बताएको छ ।