AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा सामाजिक अध्ययन विषयकाे कार्यक्रम हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ भाद्र २०७७, शनिबार २०:५०
2.89k
Shares
विराटनगर / यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा सामाजिक अध्ययन विषय अनिवार्य बिषयको रुपमा पठनपाठन हुने भएपछि शिक्षकहरु यसको तयारीमा जुटेका छन् ।

आज सामाजिक अध्ययन समाज नेपालको आयोजनामा भूगोल र सामाजिक जीवनबारे अभिमुखीकरण समेत गरेको छ । समाजका सदस्यसमेत रहेका विज्ञ डा. ढुण्डीराज भट्टराइले भूगोल र सामाजिक जीवनबारे प्रशिक्षण दिए। उनले विश्व तथा नेपालको भौगोलिक चिनारी र यसले जनजीवनमा पारेका प्रभावबारे अध्यापनका अन्तर्वस्तु प्रष्ट्याए ।

कूल सामाजिक अध्ययनको १६० क्रेडिट आवर रहेकोमा त्यसको दश प्रतिशत १६ क्रेडिट आवर भूभोलबारे मात्रै पढाइ हुने उनले जानकारी पनि दिए। सैद्धान्तिक १२ र प्रयोगात्मक चार क्रेडिट आवर अध्यापन गराउनुपर्ने उनले जानकारी दिए। विश्वको भौगोलिक चिनारी, अवस्थिति, धरातलीय स्वरुप र यसले सामाजिक सांस्कृतिक क्षेत्रमा पार्ने प्रभावबारे शिक्षकले गहन अध्ययन गरेर कक्षाकोठामा प्रस्तुति दिनुपर्ने उनको सुझाव थियो ।
भौगोलिक र मानवीय भूगोल दुबैको उत्तिकै ज्ञान जरुरी रहेको भन्दै उनले शिक्षक अपडेट भएर मात्रै विद्यार्थीलाई प्रष्ट पार्न सकिने बताए।

अर्का सदस्य एवं विज्ञ गोविन्द भण्डारीले सामाजिक अध्ययन समाज निर्माणको महत्वपूर्ण बिषय भएकाले कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा पढाइ हुनु देशका लागि सुखद पक्ष भएको बताए ।

कार्यक्रममा अन्य विज्ञहरुले सरकार अघि बढिसकेकाले पाठ्यक्रम लागु हुन्छ कि हुँदैन भनेर द्धिबिद्धामा नपर्न विद्यालय र शिक्षकहरुलाई आग्रह गरेका थिए । साथै उनीहरुले सामाजिक अध्ययन नेपाली भाषामै पढाउनुपर्ने भएकाले सोहीअनुसार तयारी गर्न पनि भनेका थिए । सामाजिक अध्ययन विषयको पाठ्यक्रम र सन्दर्भ सामाग्रीको सम्वन्धमा जानकारी दिने उद्धेश्यले प्याब्सन प्रदेश १ को आयोजनामा यहीँ भाद्र ३० गते प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना हुने समाज सदस्य अर्जुन श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर