प्रदेश १ मा ८३४ जना संक्रमणमुक्त हुँदा ७७३ जनामा संक्रमण पुष्टि, ११ जना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, १८ श्रावण २०७८, सोमबार १७:०८

विराटनगर / पछिल्लो २४ घण्टामा ८३४ जना संक्रमणमुक्त हुँदा प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो केही समय यता संक्रमणमुक्त हुने भन्दा संक्रमतिको संख्या ह्वात्तै बढेको प्रदेश १ मा आज संक्रमितको संखयामा कमी आएको हो । संक्रमणमुक्त हुनेमा ३७९ महिला र ४५५ पुरुष रहेको छन् ।

१ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा ६, उदयपुरमा ५, खोटाङमा ३, पाँचथर र ते¥हथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६५, बेलबारीमा १६, सुन्दरहरैचामा १४, पथरीशनिश्चरेमा १२, उर्लाबारीमा ९, बुढीगंगामा ७, केराबारी र लेटाङमा ३–३, कानेपोखरीमा २, ग्रामथानमा १, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको धरानमा ५२, इटहरीमा ४४, दुहवी र रामधुनी र बराहक्षेत्रमा ४–४, इनरुवामा ३, झापाको दमकमा ३२, भद्रपुरमा २६, मेचीनगरमा १८,विर्तामोडमा १६, अर्जुनधारा र हल्दिबारीमा ५–५, कनकाई, कमल गाउँपालिका र गौरादहमा २–२, गौरीगञ्ज, कचनकवल र बुद्धशान्तिमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १४, छथर र महालक्ष्मीमा ३–३, पाख्रिवासमा २, शहिदभूमीमा १, इलामको चुलाचुलीमा ४, रोङ र सुर्योदयमा १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै खोटाङको साकेलमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फालेलुङ र स्थानीय तह नखुलेका १–१, ते¥हथुममा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५