खबर पूर्वाञ्चल
धरान–१३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१३ की २६ बर्षीया समिया लिम्बु, धरान–१३ कै २९ बर्षीय मन्दिप मगर र धरान–१५ का ४३ बर्षीय घनश्याम राईलाई ३ ग्राम ब्राउनसुगर र १ सय ५० ट्याबलेट नाईट्रोजन तथा ८३ हजार नगदसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ