AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमएम कप क्रिकेटमा आसामसँग लजास्पद पराजित कोशी प्रदेश फाइनल प्रवेशको सम्भावना कम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ बैशाख २०८२, बुधबार १५:३६
315
Shares
आसामविरुद्ध बलिङ गर्दै कोशीका बलर प्रेम कामत । तस्वीर : पुष्पराज थपलिया
विराटनगर/ एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली भारतको आसाम क्रिकेट क्वल विजयी भएको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको समुह वि अन्तरगतको दोस्रो लिग खेलमा आसामसँग आयोजक कोशी प्रदेश ९७ रनले पराजित भए पछि फाइनलमा पुग्ने सम्भावनालाई कमजोर बनाएको छ । मंगलबार विभागिय टोली पुलिसलाई ३७ रनले स्तब्ध पार्दै पहिलो पटक जित निकालेको कोशीले आसामसँग लज्जास्पत पराजित भए पछि फाइनलमा पुग्ने सम्भावनालाई कमजोर रहेको हो ।

आसामले १ खेलमा १ मा जित हात पार्दै २ अंक बटुलेको छ भने कोशीले पनि २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंक नै रहेको छ । नेट रन रेटमा कोशी आसामभन्दा फराकिले रहेको छ । आसामले अव बिहिबार पुलिसँग प्रतिस्पर्धा गर्ने छ । पुलिसले आसामलाई फराकिलो अन्तरले पराजित गरेमात्र तीनै टिमकोे सम्भावना नेट रन रेटले तय गर्ने छ ।

टस जितेर ब्याटिङ गरेको आसामले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ३ बलमा सवै विकेट गुमाई २ सय ९ रनको सम्मानजनक स्कोर बनाएको थियो । आसामका प्लेयर अफ द म्याच कप्तान गोकुल शर्माले ९९ बलमा २ छक्का र ७ चौका प्रहार गर्दै ७८ रन बनाउँदा अरुण सोनारले ५१ रन, केभिन सन्जिव क्रिस्टोफरले १५ रन र अमित सिंहाले १२ रनको योगदान दिए । कोशी प्रेम कामतले १० ओभरमा ३ मेडन राख्दै ४ विकेट लिँदा विपिनकुमार महतो र भुपाल लुइटेलले २–२ विकेट लिए ।

जवाफमा २ सय १० रनको लक्ष्य पाएको कोशीले ३७ दशमलव २ बलमा सवै विकेट १ सय १२ रनमा सिमित भयो । कोशीका पुछारका ब्याटर विपिनकुमार महतोले १५ रन बनाउँदा यस भट्टराई पनि १५ रन जोडे । त्यस्तै ओपनर ब्याटरले चिराग कबहले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । आसामका टपनकुमार शर्माले ३ विकेट लिँदा कप्तान गोकसल शर्मा पनि ३ विकेट दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर