AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका मेयर कोइरालाले कुकुर संरक्षणकर्मी तथा सामाजिक अभियन्ता एलिना प्रसाईमाथि अभद्र व्यवहार गरेको आरोप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० असार २०८२, मंगलवार १७:५६
702
Shares
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालामाथि सामाजिक अभियन्ता एलिना प्रसाईमाथि सार्वजनिक रूपमा अभद्र व्यवहार गरेको आरोप लागेको छ।

एनिमल प्रिजर्भेसन नेपालकी अध्यक्षसमेत रहेकी प्रसाईले सोमबार सामाजिक सञ्जालमा भावुक हुँदै मेयर कोइरालामाथि यस्तो आरोप लगाएकी हुन्।

प्रसाईको भनाइअनुसार, उनी महानगरपालिकामा आफ्नो संस्थाको पहलमा सञ्चालित कुकुर संरक्षण तथा उपचार केन्द्रको सहयोगका लागि पुगेकी थिइन्। तर सहयोग गर्नु त परै जाओस्, मेयर कोइरालाले अपमानजनक भाषा प्रयोग गर्दै उनलाई कार्यालय परिसरमै अपमानित गरेको आरोप लगाएकी छिन्।

मेरो दाजुलाई तँ साला गधा प्रसाई भन्दै दोस्रो तल्लासम्म खेदाउँदै, चिच्याउँदै, झण्डै हातपात गर्न खोज्नुभयो, प्रसाईले रुदै सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणमार्फत बताइन्।
उनको भनाइअनुसार, उनी विगत लामो समयदेखि आफ्नै खर्चमा विराटनगर क्षेत्रका सडकमा रहेका घाइते, बिरामी तथा बेसहारा कुकुरहरूको उपचार, खाना, आश्रय र संरक्षण गर्दै आएकी छिन्। रानी आईसीपी रोड नजिकैको ६ कठ्ठा जग्गा भाडामा लिएर उनले सञ्चालन गरिरहेको आश्रयस्थल अहिले आर्थिक अभावमा परेपछि उनले संघ संस्था र सरकारी निकायमा सहयोगको याचना गर्दै आएकी थिइन्।

हामीले संस्थागत पहलस्वरूप सहयोग मागेका थियौं, कुनै स्वार्थ वा निजी लाभका लागि होइन, प्रसाईको भनाइ छ, ‘तर उहाँको व्यवहारबाट हामी चकित भयौं। यो त व्यक्तिगत आक्रमणजस्तै भयो।’ उनका अनुसार यो पहिलो पटक मात्र होइन। यसअघि पनि मेयर कोइरालाले यस्तै अपमानजनक व्यवहार देखाइसकेका थिए। तर पटकपटक सहेर चुप लागिरहे पनि अब भने सहन सकिने अवस्था नरहेको उनी बताउँछिन्।
‘अब म मौन बस्दिन। म प्रेस मिटमार्फत सबै कुरा सार्वजनिक गर्नेछु,’ सामाजिक सञ्जालमा भावविह्वल हुँदै प्रसाईले भनिन्।
घटनापछि उनी र उनका दाजु डर र निराशासहित घर फर्किएको जानकारी दिइएको छ।

सामाजिक सञ्जालमा प्रसाईको भिडियो सार्वजनिक भएसँगै मेयर कोइरालाको व्यवहारमाथि सर्वत्र आलोचना सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर