AArya
RUMPUM
animated ellipse animated ellipse

जनप्रतिनिधिले गरेको विकास र सम्वृद्धिको परिणाम देखिन थाल्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० फाल्गुन २०७८, शुक्रबार १६:०९
153
Shares
इटहरी / इटहरी उपमहानगरपालिकाका पहिलो कार्यकालका जनप्रतिनिधिले गरेको विकास र सम्वृद्धिको परिणाम देखिन थालेको छ ।

निर्माण सम्पन्न भएका भौतिक संरचनाको धमाधम उद्घाटन भइरहेको छ । नयाँ योजनाहरु शिलान्यास गरिदै छ । यहि क्रममा आज इटहरी ४ स्थित वुढीगँगा आधारभूत विद्यालयका नवनिर्मित भवनको उद्घाटन र नयाँ वन्ने अर्को भवनको शिलान्यास गरिएको छ ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उद्घाटन तथा शिलान्यास गरे । कार्यक्रममा प्रमुख चौधरीले सो विद्यालयमा पढने विपन्न वर्गका विद्यार्थीका लागि एक लाख रुपियाँको अक्षयकोष स्थापना गरिदिएका छन् ।

आफ्ना स्वर्गीय पिता नाथुराम चौधरीको स्मृतिमा अक्षयकोष निर्माण गरि विद्यालयका प्रधानाध्यापक तारा फूयाँललाई एकलाख रुपियाँको चेक हस्तान्तरण गरे । उनले आफू जनप्रतिनिधि रहेपनि नरहेपनि आफनो पूरा जीवन इटहरीको विकास र सम्वृद्धिमा अपर्ण गर्ने वताए । इटहरीको विकास यहिका जनताको अथक प्रयासमा भएको उनको भनाई छ ।

विद्यालयको २९ वार्षिक उत्सव समेत पारेर आयोजित कार्यक्रमा वावुराम उपाध्याय भट्टराईले आफना स्वर्गीय भाई कुमार भट्टराईको स्मृतिमा स्थापित अक्षयकोषमा एकाउन्न हजार रकम हस्तान्तरण गरे । वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरले स्वास्थ्य शिक्षा र पूर्वाधार निर्माणमा उल्लेख्य कार्य गरेको वताइन् । ती कार्यको अहिले धमाधम नजिता देखिन थालेको उनको भनाई छ ।

इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार आज उद्घाटन गरिएको पश्चिम तर्फको भवनको पहिलो तल्ला राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका १८ लाखको लागतमा निर्माण भएको हो । पूर्व तर्फको भवन शशर्त अनुदान अन्र्तगत ४० लाखको लागतमा निर्माण भएको हो । अव वन्ने तीन तले भवन चारकरोडको लागतमा वन्ने छ । त्यहाँ विद्यालय भवन,खेलमैदान,क्यान्टिन र सरस्वतीको मन्दिर निर्माण हुने छ ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष राजु केसीको पहलमा हङकङमा वस्ने नेपालीले साढे नौ लाख सहयोग गरेको जानकारी गराइयो । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुक्तिनाथ पौडेललाई सम्मान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर