पूर्वाञ्चल खबर
कम्पनीले दशैंको अवसरमा ल्याएको नयाँ अफर अनुसार कम्पनीका हालका ग्राहकहरुले इन्टरनेट सेवाको १ वर्षको रिचार्ज गरेको खण्डमा ५ हजार ५ सय बराबरको छुट प्राप्त गर्ने छन् । त्यसै गरि ग्राहकहरुले ६ महिनाको इन्टरनेट सेवा रिचार्ज गरेको खण्डमा २ हजार ८ सय बराबरको छुट प्राप्त गर्ने छन् ।
कम्पनीले पुराना ग्राहकहरुको लागि नयाँ रेफर अफर समेत सार्वजनिक समेत गरेको छ । यस अनुसार ग्राहकहरुले क्लासिकटेकको मोबाइल एपमा गएर रेफरमा क्लिक गरेर आफ्ना साथीभाई तथा आफन्तहरुको नाम र नम्बर ठेगाना राख्नु पर्ने हुन्छ र उहाँहरुले रेफर योजना अन्तरगत १ वर्षको सब्सक्रिप्सनमा २ महिनाको बोनस इन्टरनेट र आईपी टिभी सेवा निशुल्क पाईनेछ भने ६ महिनाको सब्स क्रिप्सनको साथमा १ महिनाको बोनस इन्टरनेट सेवा र आईपी टिभी निशुल्क पाईने छ । त्यसैगरि ३ महिनाको सब्स क्रिप्सनको साथमा १५ दिनको बोनस र आईपी टिभी उपलब्ध हुने कम्पनीले जनाएको छ ।
क्लासिकटेकले ल्याएको यो योजना नेपालभर रहेका क्लासिकटेकका ग्राहकहरुकोलागि उपलब्ध हुनेक्लासिकटेकका प्रमुख सेल्स र मार्केटिङ अफिसर विनय अधिकारीले जानकारी दिए । उनका अनुसार यो अफर मार्फत ग्राहकहरुलाई उच्च गुणस्तरको इन्टरनेट सेवा दिन कम्पनी आक्रामक रुपमा अगाडि बढ्ने समेत बताए ।