AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा जुनियर हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, निलो हाउस प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ भाद्र २०८२, बुधबार १८:४८
1.11k
Shares
विराटनगर /विराटनगर – ८ मा अवस्थित ग्रेडेड मिडियम सेकेन्डरी स्कुलले अतिरिक्त क्रियाकलाप अन्तर्गत जुनियर लेभल (कक्षा ४, ५ र ६) का विद्यार्थीहरूका लागि अन्तर– हाउस हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा विद्यालयका चारवटै हाउसका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। निकै प्रतिस्पर्धात्मक बनेको उक्त प्रतियोगितामा निलो हाउसबाट एल्बिन पन्त, आराध्या कार्की र कौशल ठाकुरको समूहले प्रथम स्थान हासिल गर्न सफल भयो। त्यसैगरी, हरियो हाउसका अनुष्का सिंह, अमृता ठाकुर र शुभम शाहको समूहले द्वितीय स्थान प्राप्त गर्यो।

प्रतियोगिताका सञ्चालक किरण लुइटेलका अनुसार प्रथम र द्वितीय स्थान हासिल गर्ने समूहका विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूको बौद्धिक विकास र अतिरिक्त क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर