AArya
RUMPUM
animated ellipse animated ellipse

साथीको हत्या गर्ने एक जना पक्राउ, एक जना फरार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ माघ २०७८, मंगलवार ११:२६
765
Shares
विराटनगर / मोरङको कटहरीमा मदिरा खाएपछि आफ्नै साथीको दुई जनाले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जहदा गाउँपालिका ३ का ४० वर्षिय अशोक ऋषिदेवको हत्या आफ्नै दुई जना साथीले गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

राजमिस्त्री काम गर्ने ऋषिदेवको हत्या आरोपमा प्रहरीले कटहरी ३ का ३८ वर्षिय शेखर राजवंशीलाई पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी मजिंल मुकारूङले जानकारी दिए । उक्त घटनामा संलग्न अर्का एक जना फरार छन् । उनको पनि खोजी कार्य तिव्र बनाएको उनले बताए । शनिबार राती काम सकिएपछि उनीहरु कटहरीको एक भट्टी पसलमा गएर मदिरा खाएका थिए । ‘भट्टी पसलबाट निस्किएपछि सामान्य विषयलाई लिएर विवाद भएको रहेछ ।

विवाद हुँदा अशोकलाई शंकर र अर्का एक जना साथी भएर आक्रमण गरेका रहेछन्,’ डिएसपी मुकारूङले भने, ‘उनीहरुको आक्रमणबाट अशोकको हत्या भएको छ ।’ हत्या गरेपछि अशोकको शव कटहरी ३ मा जलमग्न भएको स्थानमा लगेर शव फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मुकारूङले बताए । ‘पानीमा अशोकको शव फालेपछि उनले चढदै गरेको साइकल पनि त्यही लगेर फालिदिएको पाइएको छ,’ उनले भने । राती अशोकको हत्या गरेपछि उनीहरु दुवै जना घरमा नसुति बासझ्याङमा बसेको पाइएको छ ।

प्रहरीले शंकरलाई घरदेखि करिब २ किलोमिटर टाढा रहेको बासझ्याङदेखि आइतबार पक्राउ गरेको हो । अर्को साथी पनि फरार भएकोले उनको पनि खोजी कार्य जारी रहेको छ । पक्राउ परेका राजवंशीलाई प्रहरीले सोमबार कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुस्न्धान अगाडी बढएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर