AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सामुदायिक वनबाछ छिरेको आगोले पैँयापानी जलेर ७ घर ध्वस्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०८१, सोमबार १८:५२
189
Shares
भोजपुर / भोजपुरको भोजपुर नगरपालिका–१२ पैँयापानीमा आज अपरान्ह आज आगलागी भएको छ ।

सामुदायिक वनबाट लागेको आगो बस्तीमा पसेको छ । वनबाट बस्ती छिरेको आगोले जलेर पैँयापानीका ७ वटा घर ध्वस्त भएका छन् । कालीदास चापागाईं, सोभित श्रेष्ठ, गोपीकृष्ण धमला, गोविन्द चापागाईं, रुद्रप्रसाद ढकाल, गोमा दमाई र रामबहादुर कार्कीको घर तथा पाली जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

भोजपुर प्रहरी प्रमुख डीएसपी युवाराज तिमिल्सिनाका अनुसार अपरान्ह १२ बजेतिर आगो बस्तीमा पसेको थियो । हावाहुरीका कारण नियन्त्रणमा समस्या भएको र आगोले ठूलो क्षति पुर्याएको जानकारी उनले दिए । उनका अनुसार स्थानीयको सहयोगमा आगो नियन्त्रण लिने प्रयास भइरहेको छ । अझै पनि आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । ‘हावाहुरीका कारण बस्ती जोगाउन समस्या भएको छ । इनामे सामुदायिक वनबाट डढेलो सुरू भएको हो । नियन्त्रणमा लिने र वरपरको बस्ती जोगाउने प्रयास भइरहेको छ,’ तिमिल्सिनाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर