RUMPUM
animated ellipse animated ellipse

सीएनआई कोसी एक्स्पोमा आज ‘कमेडी किङ’ मनोज गजुरेल र गायक एकदेव लिम्बुको प्रस्तुति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ माघ २०७९, मंगलवार १२:०५
108
Shares
विराटनगर/ विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको छैटौं दिन मंगलबार मनोज गजुरेलको रोचक घोचक प्रस्तुति हुने भएको छ । साथै मिठो स्वरका कारण युवा मनहरु माझमा लोकप्रिय बनेका गायक एकदेव लिम्बुले मिठामिठा गीतहरुबाट दर्शक स्रोतालाई आनन्दित बनाउने छन् ।

‘कमेडी किङ’ गजुरेलले विभिन्न व्यक्तिहरुको क्यारिकेचरका साथै एकल प्रहसन प्रस्तुत गर्नेछन् । साथै उनले समाजका विभिन्न क्षेत्रमा व्याप्त रहेका बिकृति विसंगतिविरुद्ध व्यंग गर्नेछन् ।

‘आँखा आउने सपनी’ भन्ने गीतबाट संगीत क्षेत्रमा चर्चाको चुलीमा रहेका लिम्बुले त्यस्तै खालका थुप्रै गीत संगीत प्रस्तुत गर्नेछन् । उनले गाएको ‘गाजल टिकी, तिम्रो मुटुमा, आ है, बाहाना, शिरफुल’ जस्ता गीत चर्चित छन् ।

एक्स्पोमा टिकट काट्ने समय र टिकटको दरलाई निकै सहज बनाइएको छ । बेलुका साढे ६ बजेसम्म १०० रुपैया“मा टिकट पाइने छ ।

९ कक्षा मुनिका विद्यार्थीहरुका लागि भने उक्त समयभित्र टिकट दर ५० रुपैया“ मात्रै रहेको छ । साढे ६ बजेपछि भने टिकट दर २०० रुपैया“ नै रहने छ ।

टिकट काटिसकेका अवलोकनकर्ताहरुले जुनसुकै समयमा पनि प्रवेशद्वारबाट सहज रुपमा एक्स्पो स्थलमा प्रवेश पाउने व्यवस्था गरिएको छ । एक्स्पो विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा माघ २८ गतेसम्म जारी रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर