animated ellipse animated ellipse

नीति निमार्णमा अपाङगता मैत्री बनाउनुपर्नेमा जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०८०, मंगलवार १८:०४
90
Shares
विराटनगर / राज्यले बनाउने नीति निमार्ण प्रक्रिया अर्थपुर्ण, सहभागितात्मक र जनमुखी बनाउन अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गराउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

नेत्रहीन युवा संघ मोरङले विराटनगरमा आव आयोजना गरेको राजनैतिकमा अपाङगता भएका व्यक्तिहरूको पहुच विषय अन्र्तक्रिया कार्यक्रममा सहभागिहरूले यस्तो बताएका हुन् ।

राज्यले बनाउने हरेक नीति निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्ने र निर्माण भएका ऐन, नियमको कार्यान्वयनमा सबैको साथ हुनुपर्ने उनीहरुले जोड दिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नत्रहिन संघका केन्द्रीय सचिब तथा सहजकर्ता कलाधर भण्डारीले राज्यले बनाउने हरेक नीति निमार्णमा अपाङगता भएका व्यक्तिहरुलाई पनि सहभागिता गराउने खालको बाध्यकारी नियम बनाउनुपर्ने बताए । स्थानीय, प्रदेश र संघले बनाउने नीति निमार्णमा अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गरेर कानुन निमार्णले यस क्षेत्रका व्यक्तिहरुको पनि हकअधिकार स्थिापित हुने उनले बताए । अहिले बन्ने गरेको अपाङगता मैत्री संरचनाहरु नहुदाँ अपाङगता भएका व्यक्तिहरुको सहज पहुचमा पुग्न नसकेको उनले गुनासो गरे ।

‘दिगो विकास लक्ष्यले हरेक कानुन र नियमले अपाङगता मैत्री संरचनाहरु बनाउनुपर्ने उल्लेख गरिएको छ । तर, यहाँको सरकारी संरचनाहरू पनि अपाङगता मैत्री भएको छैन । जसले गर्दा अपाङगता भएका व्यक्तिहरुको सरकारी कार्यालयमहरुमा सहज रुपमा हपुच पुग्न सकेको छैन,’ उनले भने ।
कार्यक्रममा बोल्दै नेत्रहीन युवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले राजनैतिक दलले अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गरेर नीति निमार्ण बनाउनुपर्ने बताए । ‘अहिले राज्यले बनाउने हरेक निती निमार्णमा अपाङगता भएका व्यक्तिहरुलाई उपेक्षा गरेको छ,’ उनले भने, ‘अब बनाउने नीति निमार्णहरु अपाङगता मैत्री हुनुपर्दछ ।’

कार्यक्रममा नेत्रहीन युवा संघका सल्लाहकार भोजराज भूजेलले सदनमा बोल्ने सांसदहरुले पनि अपाङगता भएका व्यक्तिहरुले बुझने गरी ‘दोभासे’ राखिदिए जनप्रतिनिधीहरुले बोलेको कुरा यस क्षेत्रमा व्यक्तिहरुलाई पनि बुझन सहज हुने बताए । त्यसलै प्रतिनधी सभा र प्रदेश सभाहरुमा दोभासे राखिदिनुपर्ने उनले माग राखे ।

कार्यक्रममा प्रदेश सांसद विद्या चाम्लिङ्गले अपाङगताहरुको हकहितको लागि निती निमार्णमा सहयोग पुग्ने गरि काम गर्ने प्रतिवद्धता जाहेर गरिन् । कार्यक्रममा प्रदेश सभा सदस्य, विभिन्न राजनैतिक दलका प्रतिनिधी, सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर