AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

धरानमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६ हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ माघ २०८२, आईतवार १३:५५
81
Shares
विराटनगर/ कोशी प्रदेश गल्फ संघको चिभास रिगलसँगको साझेदारीमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६’ आयोजना हुने भएको छ।

धरानस्थित गल्फ कोर्समा ८० भन्दा बढी गल्फ खेलाडीहरूको सहभागितामा माघ १६ र १७ गते दुई दिने प्रतियोगिता आयोजना हुने भएको हो।

प्रतियोगिताका आयोजक कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले संघले गल्फ खेलको दीर्घकालीन विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै पूर्वी नेपालमा गल्फ खेलको प्रचार र सम्भावना विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

उनले स्थापना कालदेखि नै गल्फ खेलको प्रवर्द्धन गर्दै आएको संघले एमेच्योर तथा व्यावसायिक दुवै खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च तथा विकासका अवसरहरू प्रदान गर्दै आएकोमा यस प्रतियोगिताले खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा थप भूमिका खेल्ने विश्वास लिएको बताए।

प्रतियोगिताको प्रमुख सम्झेदार चिभास रिगलले विगतका वर्षहरूमा चिभास रिगलले नेपालमा विशेषगरी काठमाडौँमा आयोजना हुने प्रिमियम गल्फ प्रतियोगिताहरूलाई निरन्तर सहयोग गर्दै आएकोमा अब राजधानी बाहिरका क्षेत्रहरूमा पनि गल्फ खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ कोशी प्रदेश गल्फ संघ सँग सहकार्य गरेको जनाएको छ।

चिभास रिगलका कन्ट्री बिजनेस डेभलपमेन्ट म्यानेजर सौरभ भट्टराईले चिभास रिगलको नेपालमा गल्फ खेलसँग पुरानो सम्बन्ध रहेको स्मरण गर्दै पूर्वी क्षेत्रमा गल्फ खेलको विकास र लोकप्रियतामा सार्थक योगदान दिने लक्ष्यसाथ संघसँग सहकार्य गरेको बताए ।

उनले काठमाडौँ बाहिर गल्फ खेल विस्तार गर्नु आगामी दिनहरूमा मुख्य प्राथमिकता रहने पनि स्पष्ट पारे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर