खबर पूर्वाञ्चल
न्यू सृष्टि दैनिकको वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । धनी भएको कारण अंग्रेजी र गरीव भएकोले नेपाली माध्यममा शिक्षा प्राप्त गरेको असर बालबालिकामा कस्तो पर्छ भन्ने बुझ्नु पर्दैन ? विद्यालयको एउटै छानामुनि दुई खाले विभेदकारी शिक्षा दिन मिल्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका थिए । त्यही गरीव विद्यार्थीले विभेदकारी शिक्षाबिरूद्ध विद्रोह गर्याे भने के गर्ने ?, उनले भने, त्यसैले समान शिक्षा र ज्ञानका लागि शिक्षा प्रणाली नसुध्रुञ्जेल अभियान जारी राख्छु ।
मुख्यमन्त्री कार्कीले फष्ट बेञ्चर र लाष्ट बेञ्चर विद्यार्थीको ज्ञानको मापन अंकमा गर्ने व्यवस्था बदल्नु पर्ने बताए । ज्ञानको मापन अक्षरमा नभई खोज र अनुसन्धानका आधारमा हुनुपर्ने समेत उनले बताए ।
फष्ट बेञ्चर र लाष्ट बेञ्चरको ज्ञान र क्षमताको मापन अक्षरबाट हुँदैन र गर्न पनि मिल्दैन, उनले भने । अल्बर्ट आइन्स्टाइनलगायतका व्यक्तिहरू किताबी ज्ञानले नभइ प्रकृतिबाट प्राप्त शिक्षाले वैज्ञानिक भएको बुझ्नु आवश्यक छ तर अहिलेका अभिभावकहरू पनि आफ्ना बालबालिकाको शिक्षा र ज्ञानको मापन नम्बरमा नै खोजिरहेका छन् । त्यसैले अब अहिलेको शैक्षिक व्यवस्था बदलेर अब्बल नागरिक बनाउने व्यवस्थामा जानुपर्ने मुख्यमन्त्री कार्कीले बताए । शिक्षा र ज्ञान फरक विषय भएको सबैले बुझ्नु आवश्यक भएको उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया