AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ एमालेकी समानुपातिक सांसद गुलेफुन खातुनद्वारा राजीनामा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ असार २०७९, बिहीबार १८:२९
459
Shares
विराटनगर / प्रदेश १ की एमालेकी समानुपातिक सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छिन् ।

सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोग प्रमाणित भएको लामो समयपछि खातुनले राजीनामा दिएकी हुन् ।

बुधबार पदबाट राजीनामा दिएकी खातुनको राजीना पत्र सभामुख प्रदिपकुमार भण्डारीले आज स्वीकृत गरेका हुन् । मोरङबाट प्रतिनिधित्व गर्ने खातुनको मुद्दा दोहोर्याउने आदेश दिन सर्वाेच्च अदालतले अस्वीकार गरेको अर्काे साता उनले राजीनामा दिएकी हन् । अघिल्लो साता मात्रै सर्वाेच्च अदालतले खातुनविरुद्धको सरकारी सहीछाप र दस्तखत कीर्ते मुद्दा दोर्होयाउन अनुमति दिन अस्वीकार गरेको थियो ।

सरकारी कागजात किर्ते अभियोगमा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि खातुनले सर्वोच्चमा मुद्दा दोर्होयाउन माग गरेकी थिइन्।
तत्कालीन कदमाह गाउँ विकास समितिमा रहेको ३ विघा १० कट्ठा जग्गाको मोही पाउनका लागि खातुनले २०७१ चैतमा गाविस सचिवको सिफारिस आफैले गरेको र एकै दर्ता नम्बरका दुई वटा सिफारिस गरेको भन्दै किर्ते मुद्दा परेको थियो।

मोरङ जिल्ला अदालतले उनलाई २०७६ वैशाख ३१ गते दोषी प्रमाणित गर्दै एक वर्ष कैद सजायको आदेश दिएको थियो। अदालतको आदेश लगत्तै फरार रहेकी उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकी थिइन् ।

विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते उनको बारेमा फैसला सुनाउँदै सजाय थपेको थियो । उनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला भएको थियो । उच्चको फैसलाप्रति पनि अस्नतोष जनाउँदै सांसद खातुनले २०७६ फागुन ११ मा उनले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्। आफ्नो मुद्दामा त्रुटिपूर्ण फैसला भएको भन्दै सर्वोच्च गएकी उनले मुद्दा दोहोर्याउन माग गरेकी थिइन्। तर, गएको जेठ २५ मा सर्वोच्चले मुद्दा दोहोर्याउने आदेश दिनु नपर्ने फैसला गरेपछि उनको पद धरापमा परेको थियो ।

जिल्ला अदालतको आदेश लगत्तैदेखि फरार उनले संसद्मा सुटुक्क आएर हाजिरी जनाउँदै तलबभत्ता भने बुझ्ने गरेकी थिइन्। प्रहरीले उनलाई खोज्दै आएको बताए पनि एमाले दबाबका कारण उनी प्रहरी नियन्त्रणमा पर्नबाट जोगिँदै आएकी थिइन् ।

खातुनले राजीनामा दिएपछि प्रदेशसभामा एमालेको सांसद संख्या सभामुखसहित ३८ मा झरेको छ । यसअघि स्थानीय चुनाव लड्न एमालेका दुई सांसद्ले राजीनामा दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर