पूर्वाञ्चल खबर


राहतमा पाथिभरा एग्रो फर्टिलाइजर प्रालिका कर्मचारीलाई नगद ५ सयसहित २५ किलो चामल र मजदुरहरुलाई नगद २ सयसहित १० किलो चामल राहतस्वरुप दिएको आलमले जानकारी दिए । गाँउका हरेका कोही पनि विपन्न परिवार राहतबाट बन्चित नहोस् भन्ने उद्देश्यले कुपन सिस्टम गरिएको हो ।
लकडाउनका कारण उद्योग धन्दा बन्द भए पनि हुनेले त जसोतसो गुजारा चलाउलान, जो दैनिक ज्याला मजदुर गरेर जीवन व्यतित गर्दैछन् उनीहरुको जीवन सकस बनेसँगै राहत वितरण गरिएको पाथिभरा एग्रो फर्टिलाइजर प्रालिका प्रवन्धक निर्देशक राकेश साहले बताए ।