animated ellipse animated ellipse

विराटनगरमा राष्ट्रिय स्तरको क्रिकेट हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ बैशाख २०७८, बिहीबार १५:३७
6.57k
Shares
पुष्पराज थपलिया
विराटनगर / विराटनगरमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आज विराटनगरमा आयोजक पूर्वाञ्चल क्रिकेट एकाडेमीले पत्रकार सम्मेलन गरि स्व. रिचा श्रेष्ठको स्मृतिमा स्व. रिचा मेमोररियल क्रिकेट नाम दिएर प्रतियोगिता वैशाख १५ गते देखि विराटनगरमा आयोजना गर्न लागेको जनाएको छ ।

आयोजक समितका अध्यक्ष नरेश श्रेष्ठले २ वर्ष अघि अस्ट्रेलीयामा मृत्यु भएको आफ्नी छोरीको नाममा क्रिकेट प्रतियोगित गर्न लागेको बताए । यस अघि गत वर्ष छोरीको नाममा अस्ट्रेलीयामा समेत क्रिकेट प्रतियोगिता गरेको बताए ।
करिव ७ दिनसम्म सञ्चाल हुने प्रतियोगितामा ३ विभागियसहित ८ देखि १२ वटा टिम सहभागि हुने आयोजकले जनाएको छ । विराटनगरका झापा वैजनाथको क्रिकेट मैदानमा हुने प्रतियोगितम सञ्चालन गर्न करिव ८ लाख खर्च हुने अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर