खबर पूर्वाञ्चल
मंगलबार ‘नहाय–खाय’सँगै सुरु भएको चार दिवसीय पर्वको चौथो तथा अन्तिम दिन आज श्रद्धालु तथा भक्तजनहरुले उदाउँदै गरेकोे सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।
विराटनगरको सिंघिया खोला, केसलिया खोला,सुनसरी मोरङ सिचाइ आयोजनाको नहरलगायतको पोखरीसहित र जलादलगायतका नदीहरुमा हजारौं श्रद्धालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान गरेका थिए ।
व्रतालुहरु मंगलबार पवित्र जलाशयहरुमा स्नान गरी चोखो खानेकुरा खाएका थिए । पर्वको दोश्रो दिन बुधबार व्रतालुहरु दिनभरि उपवास बसी राति गुलीयो पूरी, खीर, नून नहालेको तरकारी खाए । जसलाई स्थानीय भाषामा ‘खर्ना’ भनिन्छ । खर्नापछि निराहार व्रत बसेका व्रतीश्रद्धालुहरुले सूर्यदेवलाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइलगायतका प्रसाद अर्पण गरेका छन् । खर्नापछि निराहार व्रत बसेका व्रर्तालुहरुले विहिबार अस्ताउँदै गरेको सूर्यको पूजा गरेका थिए । तस्वीरहरु पुष्पराज थपलिया
तपाईको प्रतिक्रिया