RUMPUM
animated ellipse animated ellipse

६ लेन सडक परियोजना : गुणस्तरहिन सडकलाई टालटुल गरेर हस्तान्तरया गर्ने तयारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ फाल्गुन २०७८, शुक्रबार ०९:२४
963
Shares
विराटनगर / ६ लेन सडक परियोजनाले धरान–विराटनगर सडक खण्डमा दबिएको (गुणस्तरहीन) सडकलाई टालटुल गरेर सरकारलाई हस्तान्तरण गर्ने तयार गरेको समाचा आजको न्यू सृष्टि दैनिकमा ब्रहमदेव यादवले लेखेका छन् । परियोजनाको इटहरी कार्यालयले रानीदेखि सुनसरी तरहरासम्मको ३९ किलोमिटर सडक बनाउन ४२ अर्ब रुपैया खर्चेकोछ ।

०६९ सालदेखि परियोजनाले निमार्णको काम थालेको हो । ५ वर्षभित्रमा सडक निमार्णका सक्नुपर्ने सरकारी सम्झौताविपरीत परियोजनाले विभिन्न प्राविधिक कारण देखाएर १० वर्ष लगाएर निमार्ण कार्य सकिन लागेको दावी गरेको छ । रानीदेखि नहरसम्म र वरगाछीदेखि कञ्चनबारीसम्म सडकखण्डमा सडक दबिएको छ । वरगाछीदेखि नेपाल आयल निगमसम्मको सडक खण्डमा प्रत्येक दिन सर्वसाधरण सवारी दुर्घटनामा परेर ज्यान गुमाईरहेका छन् ।

परियोजनाले रानीदेखि तरहरासम्म विभिन्न निमार्ण कम्पनीलाई सडक निमार्णको ठेक्का लगाएको छ र ठेकेदार कम्पनीले फागुन महिनाभित्र निमार्णको काम समपन्न गर्ने र त्यसपछि परियोजनाले निमार्ण काम पूरा भएको भनेर सरकारलाई सडक हस्तारण गर्नेछ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको पहलमा बिहीवार ६ लेन सडक परियोजनाको प्रगति र सडक मार्गलाई सौन्दर्ययीकरण गर्ने अभियानतर्फ भएको छलफलमा सरोकारवालाले गुणस्तरहीन सडक मार्गलाई टालटुल गरेर सरकारलाई हस्तान्तरण गर्न लागेको प्रति असन्तुष्टि व्यक्त गरे ।

परियोजनाका प्रमुख बद्रीप्रसाद शर्माले नेपालको सडकनिमार्ण गर्दा बढीमा ४० टनसम्मको मालवाहक सवारीसाधन गुड्ने गरी निमार्ण गरिएको सडक मार्गमा ६० देखि १ सय टनसम्मको मालवाहक सवारीसाधन गुडिरहेकोले सडक दबिएको जिकिर गरे ।

सरोकारवालाले ब्रिराटनगर भन्सार कार्यालय अर्थात आईसीपी निमार्ण गर्ने भारतीय ठेकेदार कम्पनीले आईसीपीदेखि धरान विराटनगर खण्डसम्मको ३ किलोमिटर दूरीको सडकनिमार्ण गर्दा सडक नदबिने तथा परियोजनाले निमार्ण गर्दा दविएकोले गुणस्तरीहीन काम भएकोले अनिमियताको अशंका गरे । मोरङ व्यपार संघका उपाध्यक्ष अनिल साहले नेपालको अन्य सडक खण्डमा मालवाहक साधन कुद्दा सडक नदबिने तर, ६ लेन सडक परियोजनाले निमार्ण गरेको रानीदेखि कञ्चनबारीसम्मको सडक दबिएकोले सडकमा कुदिरहेको ठूला मालवाहक सवारी साधनको कारण नभएको बताए । जवाफमा परियोजनाका प्रमुख शर्माले भारतमा मालवहाक साधन कुद्ने वजनको आधारमा सडकनिमार्ण हुने गरेको तर नेपालमा काम वजनका मालवाहक सवारी साधन गुड्ने गरी सडक निमार्ण गरिएकोले सडकखण्ड दबिएको बताए ।

उनले रानीदेखि नहरसम्म दबिएको सडकको निमार्ण जारी रहेकोले फागुनभर निमार्णका पूरा हुने र चैतमा परियोजनाले सरकारलाई सडक हस्तारण गर्ने बताए ।

चैतपछि विराटनगर महानगरपालिकाको पहलमा मोरङ व्यापार संघ उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरको पहलमा रानीदेखि ढाटसम्मको सडकखण्डलाई सौन्दर्ययीकरण गर्ने अभियान थालिने विराटनगर महानगरपालिकाको भीम पराजुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर