सामाजिक सुरक्षा ऐन कार्यन्वयनको माग राख्दै मुखमन्त्री राईलाई ज्ञापनपत्र

खबर पूर्वाञ्चल, ३ भाद्र २०७८, बिहीबार २०:२६

विराटनगर /संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विभिन्न पाँच शुत्रिय माग राख्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएको छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ पूर्ण कार्यान्वयनका लागि आज मुख्यमन्त्री राईलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

​उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा कोष सूचिकरण हुन बाँकी रहेका सबै प्रकारका उद्योग, फर्म, कम्पनि, सेवा तथा व्यवसायलाई सूचिकरण हुन पत्राचार गर्न माग राखेका छन् ।

​यस्तै नियमानुसार योगदान रकम जम्मा नगरेको केवुल स्थायी वा नियमित काम गर्ने समिति श्रमिकहरुलाई मात्र सूचिकरण गरेका सबै प्रकारका फर्महरुलाई व्यवसायिक योगदान रकम सामाजिक सुरक्षा ऐनको दफा ९(१) बमोजिम अनिवार्य असुल गर्ने साथै सरकारबाट दिइने र विभिन्न छुट सहुलियत रोक्का गरिनुपर्नेछ । यसैगरि सबै प्रकारका उद्योग, फर्म, कम्पनि सेवा तथा व्यवसायको दर्ता प्रमाणपत्र नवीकरण गर्दा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचीकृत भइ योगदान गरेको निस्सा अनिवार्य संलग्न गर्ने व्यवस्था मिलाउनुपर्ने, अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार श्रमिहरुको स्थानीय तहमा स्थायी प्रणालीको प्रबन्ध सहित अनिवार्य प१जीकरण गी योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्धताका लागि व्यवस्था मिलाउनुपर्ने माग राखेका छन् । यस्तै करार श्रमिक तथा कामदारहरुलाई यथासिघ्र बजेट निकाश गरि साउन १ बाट नै सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्ने व्यवस्था मिलाउनुपर्ने र श्रम ऐनको दफा १४५ को अपब्याख्या गर्दै श्रमिक कटौती बन्द गर्न, श्रम निरीक्षण, श्रम अडिडलाई प्रभावकारी बनाइ श्रम बजारको नियमित नियमनको व्यवस्था मिलाउनुपर्ने माग राख्दै ज्ञापनपत्र मुख्यमन्त्रीलाई बुझाएको अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ को सहइन्चार्ज उपेन्द्र रायले जानकारी दिए ।

​संयुक्त  ट्रेड युनियन समन्वय केन्द्र प्रदेश १ का अध्यक्ष टिका प्रसाइको नेतृत्वमा ज्ञापन पत्र बुझाएको हो । जिफन्टको केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ, महासंघको केन्द्रीय उपमहासचिब भुपाल सापकोटा, ट्रेड युनियन प्रदेश १ का अध्यक्ष नारायणबावु कार्कीको उपस्थितीमा मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएका थिए ।

(

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५