वनका कर्मचारी र पत्रकार भन्दै ठगी गर्ने दुई जना पक्राउ

खबर पूर्वाञ्चल, ६ असार २०७८, आईतवार १५:५४

विराटनगर / मोरङका विभिन्न ठाउँमा वनका कर्मचारी र पत्रकार भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको इटहरी– ६ जुटबिकासका ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा – ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देललाई प्रहरीले पक्राउ गरेको हो ।

गत असार ४ गते बेलुका रतुवामाई १० स्थित पूर्णबहादुर श्रेष्ठको माईवेनी समिलबाट रकम उठाउन आएको बेला प्रहरीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट नगद ३२ हजार ९९५ रुपैया, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड १ थान, उठाएको रकम अभिलेख भएको डायरी, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचयपत्र, जनमत साप्ताहिकको सम्वाददाता परिचयपत्र, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्रसमेत बरामद गरेको छ ।

बरामद भएको रकम अभिलेख डायरीमा मोरङको विभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजारदेखि ११ हजार ५ सय रुपैयाँसम्म उठाएको उल्लेख गरिएको छ । प्रहरीका अनुसार उनीहरुले वनको कर्मचारी र पत्रकार हौं भन्दै कार्यालयमा तेल माग्ने र धम्की दिने गरेका थिए ।

उनीहरुले डरत्रास देखाई विभिन्न काठ मिलहरूबाट रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ । पक्राउ परेकाहरु विरुद्ध ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५