खबर पूर्वाञ्चल
नेपाल पत्रकार महासंघ मोरङ र प्रदेश निर्वाचन कार्यालय विराटनगरले आज विराटनगरको कञ्चनजंगाा होटेलमा आयोजना गरेको निर्वाचन र आम सञ्चार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सञ्चार माध्यमहरुले निर्वाचन आचार संहिताको उल्लङघन विषयमा सुक्षम रिपोटिङग गरी सूचना सम्प्रेषणबाट निर्वाचन निश्पक्ष सम्पन्न गर्न सुझाव दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको दिनका लागि मतदाता, मतदान सामाग्री, मतपेटिक, कर्मचारीको सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी सात हजार ८५१ जना एकीकृत सुरक्षा याजना अनुसार परिचालन गरिएको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटुवालले एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सामगाग्री र मतपेटिकाको सुरक्षाका लागि आवश्यक परेमा ‘व्यालेट (मतपेटिका)को सुरक्षाको लागि वुलेट ’चल्ने बताए।
प्रहरी प्रमुख कटवालले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा आइसकेको र निर्वाचन बिथोल्न खोज्ने केही व्यक्तिलाई पक्राउ गरी निगरानी बढाइएको जानकारी दिए।
मोरङका ३०६ मतदान स्थलमध्ये ४७ वटालाई ‘अति संवेदनशील’ र १२५ वटालाई ‘संवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। मतदान स्थलमा खटिएका सुरक्षाकर्मीलाई परिस्थिति हेरी अधिकतम बल प्रयोग गर्ने आदेश दिइएको र ‘रिजर्भ फोर्स’ समेत तयारी अवस्थामा राखिएको उनले बताए।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला , कोष तथा लेखा नियान्त्रण कार्यालयका प्रमुख तोयानाथ उप्रेतीले आचार संहिताको पालनमा सचेत र सजग रुपमा कार्यान्वयन गराएको बताए ।
नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशिला पाठक, उपाध्यक्ष सन्तोष सिग्देल र सचिव नेत्रपि अधिकारीले निर्वाचनलाई सभ्य, निश्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न महासंघले आचार संहिता पालनको कार्यान्वयन आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
प्रदेश निर्वाचन कार्यालयका प्रमसख चोलाराज दंगालले आसन्न नि र्वाचन कार्यपत्र प्रस्तुत गरे ।