AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शेर्पा समुदायको यो पर्वले आपसी सद्भाव भाइचारा र एकताको भावना वृद्धि गर्छ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०८१, शुक्रबार ०८:०१
27
Shares
फाइल तस्वीर
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शेर्पा समुदायले आफ्नो मेहनत साहस र सीप मार्फत नेपालको नाम विश्वभर चिनाउन खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

आज ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको यो पर्वले आपसी सद्भाव भाइचारा र एकताको भावना वृद्धि गर्दै नेपाली समाजलाई समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिल्ने बताए। उनले नेपाल बहुजाती बहुभाषी र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै यो विशेषताले नेपालीलाई सदियौंदेखि एक आपसमा सहकार्य समन्वय र बन्धुत्वको मार्गमा हिँड्न सहयोग पुर्याएको बताए।

यो पर्वले नेपाली बीचको एकता र मित्रताको भावना थप प्रगाड बनाउँदै सामाजिक तथा आर्थिक विकासमा योगदान पुग्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे। फागुन शुक्लपक्ष प्रतिपदा का दिन मनाइने यो पर्व हाम्रो समृद्ध सांस्कृतिक विविधता र पहिचानको सुन्दर प्रतिक भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर