RUMPUM
animated ellipse animated ellipse

मोरङको कानेपोखरीमा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ कार्तिक २०८३, बिहीबार ०७:४२
3
Shares
विराटनगर / मोरङको कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

मोरङ र आसपास क्षेत्रको विद्युत् मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथागुणस्तरीय बनाउन सो पूर्वाधारले सहयोग पुग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बस्टेसन आउँदो शनिबार र आइतबार चार्ज गर्ने गरिने प्राधिकरणले जनाएको छ । पूर्वपश्चिम १३२ केभी प्रसारण लाइन अन्तर्गत दुवही–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइनलाई भित्र छिराउने ९लुप इन० र बाहिर निकाल्ने ९लुप आउट० कार्य गरिने छ । दुहबी– दमक १३२ केभी प्रसारण लाइनबाट सबस्टेसनमा विद्युत् आपूर्ति हुने छ ।

दुहबी–दमक प्रसारण लाइनलाई शनिबार र आइतबार बिहान ४ बजेदेखि मध्याह्न १२ बजेसम्म बन्द गरी लुप इन र लुप आउटको कार्य गरिने छ । यसका कारण उक्त समयमा झापा, इलाम, पाँचथर ताप्लेजुङ जिल्लाका सम्पूर्ण भाग र मोरङको उर्लाबारी, पथरी आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिएका दुई वटा र ३३र११ केभी, २२।५ एमभिएको एउटा पावर ट्रान्सफर्मर राखिएको छ । सबस्टेसनको कुल क्षमता १४८.५ एमभिए रहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले केरौन सबस्टेसन सञ्चालनमा आएपछि मोरङ जिल्लाको विद्युत् आपूर्ति सुरक्षित, भरपर्दो हुने र प्राविधिक चुहावटसमेत घट्ने बताए। अहिले त्यस क्षेत्रमा विद्युत् आपूर्तिका ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट बढी रहेको र उपभोक्ताले छिनछिनमा लाइन जाने (ट्रिपिङ) को समस्या भोगिरहेका थिए ।

कार्यकारी निर्देशक श्रेष्ठले अब ३३ केभी लाइनको लम्बाइ घट्दा हुँदा चुहावट पनि घट्ने साथै भोल्टेजनमा सुधार भई विद्युत् आपूर्ति विश्वसनीय र गुणस्तरीय बन्ने बताउनुभयो । हाल उक्त क्षेत्रमा लागि दुहबी–रानी–रङ्गेली ३३ केभी करिब ५० किलोमिटर लामो लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको छ ।

अब लाइनको लम्बाइ घट्ने हुँदा विद्युत् आपूर्तिमा सुधार हुने छ । सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका पाँच वटा फिडर लाइन निकालिएको छ । त्यस्तै करौन–रँगेली र केरौन– विराटचोक ३३ केभी डबल सर्किट लाइन निर्माण गरिएको छ ।

सबस्टेसन सञ्चालनमा आएपछि उक्त लाइन पनि चार्ज गरिने केरौन सबस्टेसन आयोजना प्रमुख दर्शन राय यादवले बताउनुभयो । आयोजना निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । अनुमानित लागत करिब एक अर्ब रुपियाँ रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैङ्क (एडिबी) को सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर