पूर्वाञ्चल खबर


वडाध्यक्ष पोखरेलले भने, ‘विगतमा यहाँ फोहर फाल्ने चौरका रुपमा बुझिन्थ्यो । खेर गइरहेको खाली मैदानलाई राम्रो ब्यवस्थित खेल मैदान बनाउन पालिका र स्थानीय युवाहरुले साथ सहयोग दिएकाछन् । वडाले पनि बजेट विनियोजन गर्दै आएको छ । तर वडाको एकल प्रयासले काम गर्न गाह्रो छ । यसलाई विराटनगरको एउटा सुन्दर मैदान बनाउन महानगर, प्रदेश सरकार र केन्द्रीय सरकारको सहयोग आवश्यक रहेकोछ ।’
मैदान मर्मतका लागि महानगरकै सहयोगमा कोशी अस्पतालको भवन निर्माणका क्रममा निकालिएको माटो, फोहर र वडाभित्र संकलन गरिएका फोहरलाई समेत मैदान निर्माणका क्रममा मिसाइएको अध्यक्ष पोखरेलले जानकारी दिए । अहिले एकतर्फको एकछेउमा पक्की प्याराफिट निर्माण भएको बताउँदै उनले कम्तीमा सो क्षेत्रमा प्याराफिट र उत्तरतर्फ प्याराफिट निकाल्न बजेट विनियोजन हुन सके आगामीदिनमा मैदानको ब्यवस्थापनमा खर्च जुटाउन सकिने उनको भनाई छ ।
हाल निर्माण भएको प्याराफिटका लागि प्रदेश सरकारले १४ लाख रुपैया विनियोजन गरेपछि ठेक्का प्रक्रियामा ९ लाख रुपैया खर्च भएको छ । बजेट अभावका कारण प्याराफिट निर्माणको काम समेत अधुरो नै रहेको छ । त्यसैगरि, स्थानीयको श्रम र क्लबले सहयोगमा मैदानको स्तरोन्नतिको काम हुदै आएको अध्यक्ष पोखरेलले जानकारी दिए । त्यसैगरि, वडाले पनि पटकपटक गरि मैदानमा ४ लाख रुपैया खर्च गरिसकेको छ ।
वडाबाट वर्षेनी खेलकुदका लागि क्लब, खेलकुद आयोजनालाई सरसमान दिने परम्परा रहिआएकोमा पछिल्लोसमय वडा नम्बर ८ ले एकद्धार प्रणाली अन्तर्गत देखिनेगरि एकमुष्ठ रकम मैदान निर्माणमा खर्चिदै गएको छ ।
मैदानको लम्बाई १ सय १० मिटर र चौडाइ ८० मिटर रहेको बताउँदै अध्यक्ष पोखरेलले आउने दिनमा ९ ए साइड फुटबलदेखि हिसान, प्याब्सनका खेलकुद प्रतियोगिता,राष्ट्रपति रनिंग शिल्ड जस्ता प्रतियोगिता गराउन सकिने बताए । त्यसैगरि, हाटखोला मर्निङ फुटबल क्लबका अध्यक्ष गोकुल भट्टराईका अनुसार विराटनगरभित्र मैदानको कमी भइरहेको अवस्थामा यसले त्यसको अभाव कम गराउने विश्वास लिइएको छ । अहिले मैदानमा माटो पुरेर सम्याउने काम भइरहेको र मैदानमा घाँस उम्रने क्रम सुरु भएको उनले बताए ।
क्लबका अध्यक्ष भट्टराईले भने, ‘महानगरले यस्ता मैदानलाई निर्माण गराउनका लागि ध्यान दिनुपर्ने हो । साथ सहयोग गर्नुपर्ने हो । अहिले वडास्तरबाट काम भइरहेको छ। यतिको मैदान निर्माणसंगै अब विस्तारै घास पलाउन थालेको छ । आउनेदिनमा खेलकुदका कार्यक्रम यहाँ गराउन सक्दा सहिद मैदानलाई बोझ हल्का हुनसक्छ ।’
हाल मैदानको मुख्यद्धार बनाउने कार्य अघि बढिसकेको छ । यसैले पनि भौतिक संरचना निर्माणमा तीन तह विशेषगरि, स्थानीय र प्रदेश सरकारले दायित्ववहन गरिदिदाँ विराटनगरबासीले एउटा खुला र स्तरीय मैदान पाउनेछन् । विराटनगर महानगरभित्र मैदान अभाव भइरहदाँ यस मैदानले त्यसको अभाव चिर्न सक्नेछ । यद्धपि यसको निर्माणका लागि तीन तहको सरकारको पहल र सहयोग आवश्यक छ ।