animated ellipse animated ellipse

नेपाल विजनेस कलेजका विद्यार्थीले सांगीतिक साँझ गर्दै, उदय र मनिलाको प्रस्तुती दिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ भाद्र २०८१, सोमबार १५:४७
1.1k
Shares
विराटनगर /विराटनगर – ११ मा रहेको नेपाल विजनेस कलेजका विद्यार्थीहरूले कपल जोडीहरुको लागि विराटनगरमै पहिलो पटक सांगीतिक साँझ आयोजना गर्ने भएको छ ।

‘द टाइमलेस टियुनेसू’ नाम दिइएको यो सांगीतिक कार्यक्रम भदौ १४ गते विराटनगरको जैन भवनमा हुने भएको हो । कलेज परिसरमा आज विद्यार्थीहरुले पत्रकार सम्मेलन गरी तयारी तिव्र रुपमा अगाडी बढेको जानकारी गराएको छ ।

बिबिए सातौं सेमेस्टरका ६२ जना विद्यार्थीहरूले आयोजना गरेको यस कार्यक्रममा प्रख्यात कलाकारहरू उदय सोताङ्ग र मनिला सोताङ्गको प्रस्तुत हुनेछ ।

कार्यक्रम व्यवस्थापक रोहन बस्नेतका अनुसार यो कार्यक्रम विशेष गरी कपल जोडीहरूलाई लक्षित गरिएको छ ।कलेजका प्रबन्ध निर्देशक दिपक कोइरालाका अनुसार यो कार्यक्रम विद्यार्थीहरूको पाठ्यक्रमको एक अंश हो । कार्यक्रम पश्चात् विद्यार्थीहरूले व्यवहारिक कार्य पत्र बुझाएर २० अंक प्राप्त गर्नेछन् ।

 

इभेन्ट निर्देशक रितिका घिमिरे र संयोजक सपना साहको नेतृत्वमा विद्यार्थीहरूले यो कार्यक्रम आयोजना गरेका हुन् । यसले विद्यार्थीहरूलाई इभेन्ट म्यानेजमेन्टको व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै पूर्वाञ्चल क्षेत्रमा नयाँ प्रकारको मनोरञ्जनात्मक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

 

यो कार्यक्रमले शैक्षिक र मनोरञ्जनात्मक पक्षलाई सम्मिश्रण गर्दै विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्रदान गर्ने र स्थानीय समुदायलाई उच्च स्तरीय संगीत सन्ध्याको आनन्द दिने लक्ष्य राखेको छ ।

प्रति जोडी टिकट मूल्य २ हजार ९ य ९९ रुपैयाँ डिनर सहित रहेको छ । कुल २ हजार २२५ कपल जोडीको लागि टिकट बिक्री हुनेछ । प्रत्येक टेबलमा एक जोडी मात्र हुने आयोजकले जनाएको छ । उक्त सांगीतिक कार्यक्रमको अनुमानित खर्च साढे ७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर