AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशसभाको सचिव खड्काले लिए शपथ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०८२, बुधबार १७:१६
81
Shares
विराटनगर / प्रदेश प्रमुखले आज नियुक्त गरेका कोशी प्रदेशसभाको सचिव सुदर्शन खड्काले पद तथा गोपनियताको शपथ लिएका छन् ।

संघीय संसद सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश लिएका खड्कालाई प्रदेशका सभामुख अम्बरबहादुर विष्टले आजै शपथग्रहण गराएका हुन् । तत्कालीन सचिव गोपाल पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि गत माघदेखि प्रदेशसभा सचिव रिक्त रहेको थियो । उनको शपथग्रहण कार्यक्रम प्रदेशसभा सचिवालयको कटहरीस्थित नयाँ कार्यालयस्थलमा भएको हो ।

सचिवमा नियुक्त भएका खड्का भक्तपुरको चाँगुनारायण नगरपालिका–४ निवासी हुन् । ५६ वर्षीय उनी २०७७ साल जेठ ३० गतेदेखि २०८२ साल जेठ २१ गतेसम्म संघीय संसद सचिवालयमा सचिवका रूपमा कार्यरत थिए । संघीय संसदको महासचिवमा भरतराज गौतम नियुक्त भएपछि रिक्त भएको पदमा उनी बढुवा भएका थिए ।

नवनियुक्त सचिव खड्कासँग संघीय संसदमा लामो समय काम गरेको अनुभव छ । उनी २०५१ साल चैतमा शाखा अधिकृतको रूपमा संघीय संसद सेवामा प्रवेश गरेका थिए । त्यसपछि क्रमशः २०५९ मा उपसचिव, २०६७ मा सहसचिव हुँदै २०७७ मा सचिवमा बढुवा भएका थिए ।

खड्काले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक ९एक वर्षे बीएड० गरेका छन् । खड्काले भारत, श्रीलङ्का, जर्मनी, अमेरिका, चीन, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर र हङकङलगायत देश भ्रमण गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर