RUMPUM
animated ellipse animated ellipse

हाफ म्याराथन प्रतियोगिता हुँदै, विजेतालाई एक लाख पुरस्कार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ जेष्ठ २०८०, सोमबार १७:३४
126
Shares
विराटनगर / कोशी प्रदेश सरकारले हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ ।

खेलकुद पर्यटन प्रवद्र्धन, विराट– वर्जु हाफ म्याराथन’ मुल नाराको साथ मोरङको भेडियारीस्थित विराटराजाको दरबारदेखि सुनसरीको वर्जु तालसम्म हाफ म्याराथन प्रतियोगिता गर्ने भएको हो ।

कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा विराटनगरको विराट राजा दरबार क्षेत्रदेखि वर्जु तालसम्म म्याराथन दौड हुन लागेको आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

५ किलोमिटर महिला र पुरूष तर्फ हाफ म्याराथन दौड प्रतियोगिता हुने छ । आगामी जेष्ठ ६ गते हुने प्रतियोगितामा हाफ म्याराथन २३ किलोमिटर दौड हुने पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव डा. सञ्जीवकुमार राईका अनुसार महिलातर्फ ५ किलोमिटर दौड र हाफ म्याराथन दौड विराटनगर महानगरपालिका वडा नम्बर १८ भेडियारीदेखि वर्जु गाउँपालिकाको वर्जु पोखरीसम्म हुनेछ । प्रतियोगितामा १ सय जनाको सहभागिता रहने जानकारी दिएको हो ।

जेठ ४ गतेसम्म नाम दर्ताको समय दिइएको प्रतियोगितामा महिला र पुरूषको लागि फरक फरक पुरस्कारको व्यवस्था गरिएको छ । १० लाख लागतको खर्चको अनुमान गरिएको प्रतियोगितामा हाफ म्याराथनमा प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार तथा सान्त्वना पुरस्कार ३ जनालाई १५ हजारको दरले उपलब्ध गराइने सचिव राईले बताए ।

महिलातर्फ ५ किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, २० हजार र १५ हजारले पुरस्कृत गरिने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर